Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • शिक्षक आन्दोलनसँगै सडकमा नाचगान

    शिक्षक आन्दोलनसँगै सडकमा नाचगान

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुले आज तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

    शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले असोज ३ गतेदेखि आन्दोलन सुरु गरेको हो ।



    माइतीघरमा जम्मा भएर शिक्षकहरुले नयाँबानेश्वरसम्म प्रदर्शन गर्दैछन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान गरेका छन् ।



    संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ ।

    जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

    सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार