काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन सकिएको छ । गृह मन्त्रालयमा बिहीबार साँझ भएको वार्ता टुंगोमा नपुगेपछि शुक्रबार बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको हो ।
वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र शिक्षक महासंघका प्रतिनिधिले संयुक्त रुपमा छलफल गरेका थिए ।
छलफलमा शिक्षक महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए ।
यस्तै उनीहरुबीच आज बिहान भएको छलफल बैठक बिना निष्कर्ष सकिएको थियो । शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै शिक्षकहरुले बुधबारदेखि आन्दोलन सुरु गरेका थिए ।
Leave a Reply