Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आन्दोलनरत शिक्षक र पाँच मन्त्रीबीच गृह मन्त्रालयमा पुनः वार्ता सुरु

    आन्दोलनरत शिक्षक र पाँच मन्त्रीबीच गृह मन्त्रालयमा पुनः वार्ता सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ। नेपाल शिक्षक महासंघको मागको सम्बन्धमा बिहीबार साँझ मन्त्रालयमा पाँच मन्त्री र शिक्षकहरुबीच छलफल सुरु भएको हो ।

    वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र शिक्षक महासंघका प्रतिनिधिले संयुक्त रुपमा छलफल सुरु भएको गृहमन्त्री सचिवालयले जनाएको छ।



    सरकारको तर्फबाट नेपाल शिक्षक महासंघसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिइएको छ।



    छलफलमा शिक्षक महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी छन् ।

    उनीहरुबीच आज बिहान पनि छलफल भएपनि बैठक बिना निष्कर्ष सकिएको थियो । शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै शिक्षकहरुले बुधबारदेखि आन्दोलन सुरु गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार