Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • चेक रिपब्लिक पठाइदिन्छु भनी ५० जनाबाट ४१ लाख ठगी, दुईजना पक्राउ

    चेक रिपब्लिक पठाइदिन्छु भनी ५० जनाबाट ४१ लाख ठगी, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । चेक रिपल्बिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । झापा घर भई नयाँ बानेश्वर बस्ने अमृत कार्की र अशोक कार्कीलाई झण्डै ४१ लाख रकम ठगी गरेको अभियोगमा भंगालबाट पक्राउ गरिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार दाताराम भट्टराईसमेत ५० जनालाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाईदिन्छु भनेर ठगी गरेको उजुरी परेपछि बुधबार साँझ उनीहरु पक्राउ परेका छन् ।



    उनीहरुले ओरा करियर नामको कन्सल्टेन्सी खोलेर पीडितहरुबाट पटकपटक गरी ४० लाख ८४ हजार रकम ठगी गरेको आरोप छ । ठगीपश्चात् उनीहरू सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए ।



    उनीहरुले प्रतिव्यक्ति ८ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख कमाई हुने भन्दै ठगी गरेपछि वैदेशिक रोजगार विभागले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल बुझाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार