Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • ३२ थान मोबाइलसहित विमानस्थलबाट चार भारतीय नागरिक पक्राउ

    ३२ थान मोबाइलसहित विमानस्थलबाट चार भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.5K
    SHARES

    बाँके । प्रहरीले नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।



    जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



    उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको बताएका छन् । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो ।

    उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार