काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब प्रत्येक दिन सबै प्रहरी कार्यालयमा ध्यान गराउने कार्यक्रम लागू गर्ने बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको गृहमन्त्री श्रेष्ठले बताए ।
उनले सुशासनको अभियानलाई फाइदा गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागिएको बताए । छिट्टै राष्ट्रपतिले उद्घाटन गर्ने ध्यान कार्यक्रम देशभरिका प्रहरी कार्यालयमा लागू हुने गृहमन्त्री श्रेष्ठको भनाई छ ।
उनले हरेक दिन बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गर्नुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनले स्पष्ट पारे ।
आफैलाई हेर्न, दण्डहीनता कम गर्न र काम गर्ने क्षमता बढाउनका लागि ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
Leave a Reply