Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु

    काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सञ्चालनमा आएको छ ।

    संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।



    आज उदघाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् । द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ ।



    करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउनेछन् । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि द्रुत बस सेवाको अवधारणा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

    उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर चढेर यात्रा गरेका थिए ।

    अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

    रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार