काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिका–३ का ६५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनको गत साउन ९ गते मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । दमको समस्या रहेका उनी भारतको बेङ्गलोरबाट असार २४ गते नेपाल फर्किएका थिए ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Leave a Reply