Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • क्यानडामा शिख नेताको हत्या आरोप भारतीय कूटनीतिज्ञ देश निकाला

    क्यानडामा शिख नेताको हत्या आरोप भारतीय कूटनीतिज्ञ देश निकाला

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 711
    SHARES

    एजेन्सी । क्यानडाले भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

    क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको भन्दै भारतका कूटनीतिज्ञलाई देश निकाला गरेको हो ।



    यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले निज्जरको हत्या गरेको बताएका थिए ।



    उनले भारतमा सेप्टेम्बर ९/१० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए ।

    क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका बरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् ।

    देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।

    भारतीय विदेश मन्त्रालयले भने क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोपको खण्डन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार