Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • अमेरिकामा दुई विमान ठोक्किँदा दुई चालकको मृत्यु

    अमेरिकामा दुई विमान ठोक्किँदा दुई चालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्।

    ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटाविमान आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन्।



    ‘हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,’ रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ।



    अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ।

    विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन। गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियो भने अन्य ६० जना घाइते भएका थिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार