Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – भ्रष्टाचार र कमिसनखोरले गर्दा देश बर्बाद हुँदैछ

    गृहमन्त्री श्रेष्ठले भने – भ्रष्टाचार र कमिसनखोरले गर्दा देश बर्बाद हुँदैछ

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गएको दाबी गरेका छन् ।

    गोरखा–काठमाडौं युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले भने,‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाहीअगाडि बढेको छ।’



    सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।  उनले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने बताए ।

    साथै उनले नेताहरूलाई खबरदारी गर्न युवाहरूलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार