Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

    विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

    विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।



    कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतवारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।



    आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार