काठमाडौं । उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरूवा गरिएको छ । न्याय परिषदको आइतबार बसेको बैठकले न्यायाधीशको सरूवा गरेको हो ।
बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेकोप्रति छलफल गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले भने, ‘२९ जनाका लागि खुलाएको विज्ञापनमा जम्मा १ जना उत्तीर्ण भएको पाइयो। यसबारे पनि बैठकमा समीक्षा भएको छ ।’
गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा दुई सय ११ जनाले लिखित परीक्षा दिएका थिए। उनीहरूमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका हुन् । उनको अन्तर्वार्ता सोमबार हुनेछ । उनी न्याय सेवामा उपसचिव थिए । रासस
Leave a Reply