Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पूर्व-पश्चिम राजमार्गमा बम विष्फोट,राजमार्गमा पर्‍यो भ्वाङ

    पूर्व-पश्चिम राजमार्गमा बम विष्फोट,राजमार्गमा पर्‍यो भ्वाङ

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 2.2K
    SHARES

    दाङ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको नयाँगाउँ नजिकै सडक किनारमा बम विष्फोट भएको छ ।

    शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका ९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो।



    उक्त विष्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विष्फोटका कारण राजमार्गमा भ्वाङ परेको छ ।



    आज बिहान नेपाली सेनासहितको सुरक्षाकर्मीको टोलीले विष्फोट भएको स्थानको अवलोकन गरेको थियो । विष्फोटबाट मानवीय क्षति भएको छैन ।

    तर सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सन्चालन भएका थिए । द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ। अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार