काठमाडौं । इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्सलाई पराजित गरेको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी भएको हो ।
खेलमा अग्रता उल्भ्सले लिए पनि त्यसपछि लगातार गोल फर्काउँदै लिभरपुलले खेल जित्यो ।
सातौँ मिनेटमा हिचानले गोल गरेर उल्भ्सलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा ग्याक्पो र ८५ औँ मिनेटमा रोबटर्सनले गोल गरेर लिभरपुललाई जिततर्फ लगेका थिए ।
त्यसमाथि इन्जुरी समयको पहिलो मिनेटमा उभ्ल्सका ह्युगोले आत्मघाती गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो । लिभरपुल पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।
Leave a Reply