Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बिदाका दिन चलाइएका सरकारी गाडी युवा संघको नियन्त्रणमा

    बिदाका दिन चलाइएका सरकारी गाडी युवा संघको नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 663
    SHARES

    जनकपुरधाम । जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।

    सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा आज गाडी नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।



    जनकपुरको भानु चोकबाट युवा सङ्घका कार्यकर्ताहरूले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।



    सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको युवा संघ मधेस प्रदेशले जनाएको छ ।

    अघिल्लो शनिवार पनि संघले यो अभियान चलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार