Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु

    पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    मोरङ । पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

    मोरङको ग्रामथान गाउँपालिका–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको हो ।



    दुवै जना बालिकालाई ग्रामथान–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घाइते भएको अवस्थामा बिहान साढे ११ बजेतिर फेला परेका थिए ।



    पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएका थिए।

    अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। मृतक दुवै जनाको शवलाई कोसी अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार