Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • तीनकुने सामूहिक हत्या प्रकरण : एसएसपी राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

    तीनकुने सामूहिक हत्या प्रकरण : एसएसपी राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणको छानबिन गर्न प्रहरीले ५ सदस्यीय समिति गठन गरेको छ ।

    सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।



    छानबिन समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।



    गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो ।

    मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

    May be an illustration of text

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार