Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अमेरिका भ्रमण टोली सानो र छरितो बनाइएको छ : प्रधानमन्त्री प्रचण्ड

    अमेरिका भ्रमण टोली सानो र छरितो बनाइएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन गरेपछि चीन भ्रमणमा जाने बताएका छन् ।

    आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो ।’



    प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने बताए। लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् ।

    २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए । प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताए। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार