Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अमेरिका प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    अमेरिका प्रस्थान गर्नु अगाडि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 987
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

    अमेरिका प्रस्थान गर्नु अगाडि बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदैछन्।



    चीन भ्रमणलाई लक्षित गरी राजदूत सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सम्भावित एजेण्डाको विषयमा छलफल गरेका थिए । प्रचण्डले बेइजिङमा बीआरआई परियोजनामा हस्ताक्षर गर्ने तयारी गरेका छन्।



    भेटमा पनि बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा गेमचेन्जर परियोजनामा सहमति हुने सार्वजनिक रुपमा दाबी गर्दै आएका छन्।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार बेलुका ६ बजे प्रचण्ड न्युयोर्क जाँदैछन्। असोज ६ गते चीनको हाङचोओमा एसियाली खेलकुद समारोहको उद्घाटन हुँदैछ। एसियाली खेलकुद समारोहमा सहभागी भएर बेइजिङ गएपछि त्यहाँ प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार