Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कवाडीको रकम असुलीमा मुछिएका इन्स्पेक्टरलाई डिआईजीकै संरक्षण !

    कवाडीको रकम असुलीमा मुछिएका इन्स्पेक्टरलाई डिआईजीकै संरक्षण !

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 4.5K
    SHARES

    चितवन । चितवन ट्राफिक प्रहरी कार्यालयले कवाडी मोटरसाइकलको मुचुल्का समेत नउठाई बिक्री गरी आम्दानी खल्तीमा हालेको लगायतका बिषयमा पटक पटक गुनासो पुग्दा पनि बागमती प्रदेश प्रहरी कार्यालयले कुनै कारवाही अगाडि बढाएको छैन।

    चितवन ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर दयाकृष्ण भट्टले  २०७६ चैत पहिलो साता कारबाहीमा ल्याइएका पुराना मोटरसाइकल र साइलेन्सर पाइपसम्म कवाडीमा बिक्री गर्दा अनियमितता गरेको आरोप लाग्दै आएको छ ।



    एक ट्रक पुराना मोटरसाइकल र साइलेन्सर पाइप चोरी गिरोहका नाइके तथा मनकामना वर्कसपका दीपेन्द्र श्रेष्ठ ‘दीपु’लाई बिक्री गरिएको स्रोतको भनाइ छ।



    दीपु भने अहिले चितवन कारागारमा छन्। भट्टले नै बिक्री गरिएका सामानको रकम लिएको गुनासो पुग्दा समेत बागमती पदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी बसन्त लामाले कुनै कारवाही प्रक्रिया अगाडि बढाएका छैनन् ।

    यतिसम्म कि भट्टलाई जोगाउन बजारबाट कवाडीका सामान किनेर ल्याएर कार्यालयमा दाखिला गर्न लागिएको छ। र, कवाडीको सामान बिक्री नै नगरिएको मुचुल्का बनाउन लागिएको स्रोतको दाबी छ।

    चितवनमा ट्राफिक प्रहरी स्थापनादेखिकै दुर्घटनामा परेका मोटरसाइकल र कारबाहीमा परी झिकिएका साइलेन्सर पाइपहरु बिक्री गरिएको थियो ।

    २० बर्षदेखिका पुराना सामान सुटुक्क बिक्री गरिएको थियो ? के कति सामान थियो, कतिमा बिक्री गरियो, मुचुल्का समेत उठाइएको छैन । मुचुल्का समेत नउठाई बिक्री गरिएको बिषयमा बागमती प्रदेशका डीआइजी बसन्त लामादेखि प्रहरी प्रधान कार्यालयसम्म उजुरी पुग्यो।

    तर, लामालाई केही गिरोहले फोन गरेपछि अहिले कारवाही प्रक्रिया नै अगाडि नबढेको प्रहरी स्रोत वताउँछ।

    चितवन ट्राफिक अन्तर्गतका मुग्लिन, आँपटारी, गोन्द्राङ, जुगेडी, रत्ननगर टाँडी, भण्डारा, गीतानगर जस्ता पोष्टका इन्चार्जसँग पनि भट्टले महिनावारी तोकेर घुस लिने गरेको गुनासो पुगेको छ ।

    जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर भट्टले कार्यालय परिसरमा रहेको सामान मुचुल्का नउठाई बिक्री गरेको बारेमा चितवनका एसपी नान्तिराज गुरुङ, बागमती प्रदेश ट्राफिकका प्रमुख प्रकाश रानाभाटपनि मौन छन् ।

    भट्ट तत्कालीन गृहसचिव प्रेमकुमार राईकी निजी सचिव राधा श्रेष्ठको जोडमा चितवन ट्राफिकको प्रमुखमा सरुवा भएका थिए ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार