एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ ।
बन्दुक खरिद गर्दा आफू लागुऔषध दुर्व्यसनी रहेको कुरा ढाँटेको अभियोगमा उनीविरुद्द फौजदारी मुद्दा दर्ता गरिएको हो ।
अमेरिकामा बहालवाला राष्ट्रपतिका छोराविरुद्ध फौजदारी मुद्दा दायर गरिएको यो पहिलो घटना हो ।
बाइडनको गृहराज्य डेलावेयरस्थित जिल्ला अदालतमा दायर गरिएको उक्त मुद्दामा दोषी ठहर भए ५३ वर्षीय हन्टरलाई अधिकतम् २५ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।
Leave a Reply