काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–टेकु लाइन आजदेखि तीन दिन सट डाउन गर्ने भएको छ । जसकारण काठमाडौं र ललितपुरका केही ठाउँमा आजदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन अहिले ८ बजेदेखि आउने सोमवार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन भोलि शनिवार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन भोलि दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।
६६ केभी स्युचाटार–टेकु प्रसारण लाइन अहिले ८ बजेदेखि सोमवार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ । वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावितको लागि प्रयास गर्ने जानकारीसमेत प्राधिकरणले जनाएको छ।
Leave a Reply