बझाङ । भारतबाट चोरीको नगद र गरगहनासहित नेपाल प्रवेश गर्न लागेका तीन जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट ६१ हजार नगद र १७ लाख भारतीय रकम बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर बझाङ आउँदै गरेका उनीहरूलाई भारतीय प्रहरीले गौरीफन्टा नाकाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र ३४ वर्षीय किरण खड्का छन् । उनीहरूलाई नेपाल प्रवेश गर्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले भारतको कर्नाटकको एक न्यायाधीशको घरमा काम गर्दै आएका थिए । उनीहरूलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको भारतीय प्रहरीले जनाएको छ ।
Leave a Reply