Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • खेलाडीहरुलाई प्रधानमन्त्रीले भने – भोलिको क्याबिनेटबाट घोषित पुरस्कार रकम निकासा हुन्छ

    खेलाडीहरुलाई प्रधानमन्त्रीले भने – भोलिको क्याबिनेटबाट घोषित पुरस्कार रकम निकासा हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् । एसियाडमा जाने खेलाडीहरुको बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरूसमेत समाधान भएको प्रधानमन्त्री प्रचण्डले बताए। उनले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताए ।



    यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु ।’

    नियमावलीको अभावका कारण निकासामा ढिला भएको उनले सुनाए । तर अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट आज बिहीबार मात्र खेलकुद मन्त्रालयमा पुगेको बताए ।उनले आफ्नो चीन भ्रमणका क्रममा खेल पूर्वाधार निर्माणलाई एजेण्डा बनाउने समेत बताए।

    प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार