Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ओली सरकारको एक्सनले के भारत डराएकै हाे?

    ओली सरकारको एक्सनले के भारत डराएकै हाे?

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । इतिहासमै पहिलोपटक केपी शर्मा ओली नेतृत्वको दुईतिहाईको बलियो सरकार भारतको दादागिरीविरुद्ध खुलेरै उत्रिएको छ। भारतका सबै रणनीतिलाई ओलीले फेल पारि दिएपछि त्यहाँकाे सरकारले मिडियाकाे सहरा लिइरहेकाे पछिल्लाे गतिविधिले देखिएकाे छ।

    नेपाल सरकारले अाफ्नाे सुरक्षाकेा लागि पनि कुनै कदम चाल्दा त्यसको डर भारतीयहरुमा देखिन थालेको छ। जसलाई हालैको पत्रले पुष्टि गरेको कूटनितिज्ञहरूकाे बुझाइ छ। धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) अनिलकुमार शुक्लाले नेपालकाे भूमिलाइ भारतकाे बताउँदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई पत्र पठाएपछि भारत ओली सरकारको एक्सनले डराएकै जस्ताे अनुभूति हुन थालेकाे छ।



    पिथौरागढका डिएमलाई बोधार्थ गरिएको पत्रमा विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुबै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय क्षेत्र’ गुञ्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना विशेष सुत्रमार्फत प्राप्त भएको उल्लेख गर्दै नेपाली प्रशासनलाई कुनै सूचना प्राप्त भए तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।



    पत्र पाएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले केन्द्रमा पनि रिपोर्टिङ गरिसकेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले पत्रको जवाफ चिन्ता नलिनु भनेर दिइसकेको बताए। नेपाली भूमिमा नै नेपाली नागरिक घुसपैठ गर्न लागिएको भनेर सूचना मागेपछि नेपाली अधिकारी आश्चर्यमा परेका छन्। छाङरु सीमा सशस्त्रको बीओपी स्थापना भयो। कालापानीतिर गस्ती गयो। सेनाले छाङरु तिंकर घोडेटो बाटो बनाइरहेको छ। हेलिकोप्टरबाट खाद्यान्न ढुवानी भइरहेको छ। नेपालतिर राज्यको उपस्थिति बलियो भएपछि आत्तिएर निहुँ खोजेको सहायक सिडिओ कुँवरले बताउँछन्।

    सरकारले नेपाली भूमि कालापानी, लिपुलेकदेखि र लिम्पियाधुरालाई नयाँ नक्सामा हालेर सार्वजनिक गरेपछि भारत मौन छ। नक्सा सार्वजनिक गरेको नेपालले पछिल्लो समय यी क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार