Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राजेन्द्र लिङ्देनको प्रस्ताव – राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं

    राजेन्द्र लिङ्देनको प्रस्ताव – राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १२ बुँदे राजनीतिक सम्झौत दिल्लीको भरिया बनेपछि देश दुर्घटना तिर गएको बताएका छन् ।

    काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङ्देनले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढैं । ०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ । राजालाई अभिभावकिय संस्थाको रुपमा अगाडि बढाऔं। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिधि भारी हुन्छ । संघीयताले राष्ट्रिय ऋण बढायो। संघीयता कटौती गरौं ।’



    अध्यक्ष लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए। उनले राजालाई अभिभावकिय संस्थाको रुपमा अघि बढाउन प्रस्ताव राखे ।

    देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेशको व्यवस्था गर्न आग्रह गरे । उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार