काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउनका लागि संसदीय दलको कार्यालयमा ज्ञापनपत्र दर्ता गरेको छ ।
संघीय संसद् प्रतिनिधसभाका सभामुखको कार्यालयमा जनताको तर्फबाट प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव सम्वन्धमा छलफल गरी पास गरियोस भन्ने निवेदन दर्ता गरेको अभियानका संयोजक एवं अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।
प्रतिनिधिसभा सभामुखको कार्यालयलगायत संसदीय दलको कार्यालयमासमेत ज्ञापनपत्र दर्ता गराईएको संयोजक नेपालले जानकारी दिए ।
Leave a Reply