Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देशको अर्थतन्त्र सुधारको दिशामा छ, निराश हुनु पर्दैन : अर्थमन्त्री महत

    देशको अर्थतन्त्र सुधारको दिशामा छ, निराश हुनु पर्दैन : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गरेका छन् ।

    काठमाडौंमा सुरू भएको ‘नाडा अटो सो २०२३’ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले अर्थतन्त्रमा मन्दी आउनुमा व्यवसायी तथा निजी क्षेत्रले खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्त्तिएको बताए।



    अहिले अर्थतन्त्रमा मन्दी रहेको भन्दै अवस्था अब सुध्रिने उनले बताए । अर्थमन्त्री महतले खर्च बढाउनु पर्ने अहिलेको अवस्था भएको बताए।

    अर्थमन्त्री महतले भने,’अर्थतन्त्रमा समस्या छ । तर यो समस्या धेरै रहँदैन । जग्गा कारोबारमा कित्ताकाट र ऋणको कुरामा समस्या थियो । पैसा नघुम्दा समस्या भएको हो । खर्च गर्ने आत्मबल नभएको प्रस्ट छ । यसले लागि के गर्नु भन्ने पनि परेको छ । देशको अर्थतन्त्र सुधारको दिशामा छ । लगानीकर्ताले ऋण लिन आँट गर्दैनन् । सबैले खर्च बढाउनु पर्छ । निजी क्षेत्रले तर्कसहितका सुझाव दिएको छ । हामी ती सुझाव मान्छौँ ।’

    आर्थिक विकासको संवाहक निजी क्षेत्र भएको भन्दै अब विश्वास गर्नुपर्ने बताए । त्यस्तै, डिलर बढी भएको भन्दै मर्ज गर्नुपर्ने दिन आउने मन्त्री महतले बताए । अब ईभीको युग भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार