Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सहकारी क्षेत्र सुधार कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

    सहकारी क्षेत्र सुधार कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

    कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।



    गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्र सुधार कार्यदल, २०८० को अवधारणा पत्र स्वीकृत गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।



    उक्त कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो ।

    सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले केही योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार