Online Nepal
  • बुधबार, १९ मंसिर २०८१
  • उपराष्ट्रपति यादव भन्छन् – सूचना प्रविधि क्षेत्रलाई अझै परिष्कृत गर्नुपर्छ

    उपराष्ट्रपति यादव भन्छन् – सूचना प्रविधि क्षेत्रलाई अझै परिष्कृत गर्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

    सोमबार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न। हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आवश्यक छ ।’



    मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान गरिरहेकोमा फाउन्डेशनको प्रशंसा गर्दै आगामी दिनमा समेत देशलाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास राखेको उपराष्ट्रपति यादवको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार