Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • २० जना विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खस्यो

    २० जना विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खस्यो

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 4.6K
    SHARES

    कैलाली । कैलालीको टीकापुरमा विद्यार्थी सवार स्कुल बस सिँचाइ नहरमा खसेको छ । टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाइ आयोजनाको नहरमा खस्दा २० जना विद्यार्थी घाइते भएका हुन् ।

    इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बसमा सवार २० जना विद्यार्थीलाई उपचारको लागि टीकापुर अस्पताल पुर्याइएको छ ।



    विद्यार्थी बोकेर गइरहेको ना५ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी जमरा सिँचाइ नहरमा खसेको प्रहरीले जनाएको छ ।



    बसका चालक फरार रहेको बताइएको छ । नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार