Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – लाखौं जनतालाई सडकमा ल्याएर जिउँदै छौँ भन्ने देखाउँछौँ

    प्रधानमन्त्री प्रचण्डले भने – लाखौं जनतालाई सडकमा ल्याएर जिउँदै छौँ भन्ने देखाउँछौँ

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 810
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरू चाहिँ रक्षात्मक हुनुपरेको भन्दै अब त्यस्तो नहुने बताएका छन् ।

    विराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले लाखौं जनतालाई सडकमा ल्याउने दोहोर्‍याएका छन्।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘नाम त किन लिनु र निरंकुशताका दलालहरूको। अस्ति एउटाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्‍यो। लोकतन्त्रवादी नेतालाई उसले खुकुरी हान्ने ? गठबन्धनको सरकारमै भएको सहमहामन्त्रीलाई। भनेपछि उनीहरूको मनोबल कस्तो रहेछ?’



    प्रधानमन्त्री प्रचण्डले जिन्दगीभर जेल, नेल, भूमिगत, त्याग, तपस्या र बलिदान गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक अवस्थामा पुगेको देखिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार