बिराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रस्टाचारको विरुद्धमा लागेको बताएका छन् ।
समाजवादी मोर्चाले सोमबार बिराटनगरमा गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उनले बताए।
आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भुटानी शरणार्थी, ललिता निवास काण्ड र सुन प्रकरणमा सरकार भ्रस्टाचारको विरुद्धमा लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार कतिञ्जेल टिक्छ भन्ने मतलब छैन भ्रष्टाचारकोविरुद्व अन्तिम समय सम्म लड्ने छु । सरकारले दायाँबायाँ हेर्दैन। सरकार एकढिक्का भएर यसैमा केन्द्रित छ। सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन।’
उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा लागे पनि केही तत्व सरकारको विरुद्ध लागेकाले सरकार कतिञ्जेल टिक्छ भनेर प्रश्न उब्जिएको बताए । उनले आफुले गरेको एक्सनबाट केही नयाँ कुरा गर्न खोजेको बताए ।
उनले सामाजिक न्ययको लाग देश बाहिर रहेका युवाहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्व हुने निर्णय गरेको बताए । सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो।
Leave a Reply