काठमाडौं । काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा एक र स्टार अस्पताल प्रयोगशाला ललितपुरमा दुई जनामा गरि जम्मा तीन जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए ।
यसैबीच नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply