काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान रोक्न नयाँ तिकडम भइरहेको बताएका छन् ।
ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भने,‘सुशासनको अभियान अगाडि नबढोस्, फेरि तैँ चुप मैचुप होस्, जस्तो पहिला थियो अहिले त्यस्तै यथास्थिति कायम होस्। पद मात्रै खाएर बसिराखोस् नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेका छन्। म कबुल गर्न चाहन्छु। हामी विश्राम लिनेछैनौँ। सुशासनको अभियानलाई जारी राख्नेछौँ।’
गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो शर्त सुशासन भएको बताए।
उनले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताए । सुशासन विरोधी अभियानलाई जनताका समर्थन गरेको समेत बताए।
Leave a Reply