Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ८ बुँदे सहमतिसँगै मिल्यो अखिल क्रान्तिकारीको विवाद

    ८ बुँदे सहमतिसँगै मिल्यो अखिल क्रान्तिकारीको विवाद

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 906
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद मिलेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उपस्थितिमा भएको छलफलपछि करिब दुई वर्षदेखिको विवाद समाधान भएको हो।



    सहमतिसँगै पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित भएको छ ।



    रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्यहरू सबै पदाधिकारी बन्ने र अहिलेका पदाधिकारी कायमै रहने गरी महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।

    नीतिगत सहमतिसँगै आजबाट क्रान्तिकारी भित्रको विवाद हल भएको छ । संगठनात्मक समस्याहरू हल गर्न ८ बुँदे सहमतिका आधारहरू प्रस्तुत भएका छन्

    पन्चा सिंहकै नेतृत्वको आयोजक कमिटीमा करिब २ सय पदाधिकारी र त्यसको तेब्बर अर्थात् ६ सय सदस्यभन्दा बढी रहेको आयोजक कमिटी बन्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार