बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज विमानस्थलबाट नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् ।
सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।
सापकोटा श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।
Leave a Reply