Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • १३ वर्षीया छात्रा मृत प्रकरण : विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

    १३ वर्षीया छात्रा मृत प्रकरण : विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    दाङ । आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्।

    जिल्लाको चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।



    स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।



    घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।

    सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे प्रहरी थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार