Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • फ्रान्स पठाईदिन्छु भन्दै १४ लाख ठगी गर्ने गुरुङ सुकेधाराबाट पक्राउ

    फ्रान्स पठाईदिन्छु भन्दै १४ लाख ठगी गर्ने गुरुङ सुकेधाराबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्याङजाको हिलिहाङ वालिङ नगरपालिका-१२ स्थाई घर भई हाल काठमाडौंको सुकेधारा बस्ने बिरबहादुर गुरुङ रहेका छन् ।



    गुरुङले वैदेशिक रोजगारीको लागि फ्रान्स पठाई दिने भन्दै राजभक्त रानाभाटसंग १४ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।



    गुरुङले फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने र मासिक १ लाख बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    गुरुङले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङलाई आज सुकेधाराबाट गरेको हो । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार