Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट गर्ने समुहका ७ जना पक्राउ

    प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट गर्ने समुहका ७ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 3.2K
    SHARES

    संकेतिक तस्विर

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जनालाई पक्राउ गरेको छ ।

    सुनसरी बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरी हातहतियार लुटपाट गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका-१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको थियो।

    सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए।

    सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाएको थियो।

    सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार