Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : शशाङ्क कोइराला

    चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत : शशाङ्क कोइराला

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 687
    SHARES

    रामेछाप । नेपाली कांग्रेस नेता डा.शशाङ्क कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका हुन् ।



    उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए । राजदूत सोङ्ले गएको शनिबार ‘नेपाल–चाइना हिमालय फ्रेन्डसिप नेपाल’ नामक गैरसरकारी संस्थाको कार्यक्रममा भारतको छिमेकी नीति मैत्रीपूर्ण नभएको तर्क दिँदै उसको नीति नेपालका लागि हितकार नभएको टिप्पणी गरेका थिए ।



    कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनैतिक मर्यादा विपरीत हुने बताए ।

    उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउँदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार