Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

    प्रधानमन्त्री प्रचण्डले गरे चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 612
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका हुन् ।



    छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।



    प्रधानमन्त्री प्रचण्डले आजै परराष्ट्रविज्ञहरुसँग छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार