Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • खैरो हेरोइनसहित कञ्चनपुरबाट युवक पक्राउ

    खैरो हेरोइनसहित कञ्चनपुरबाट युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 651
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

    संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बेलौरी नगरपालिका १० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमल ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।



    हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका-९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ ।



    उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार