एजेन्सी । अफ्रिकी देश मोरक्कोमा शुक्रबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकी राज्य भूगर्भ सर्वेक्षणका अनुसार यो क्षेत्रमा १२० वर्षमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
यसबाट हालसम्म २९६ जनाको मृत्यु भइसकेको छ । मोरक्कोको सरकारी टेलिभिजनले भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको जनाएको छ।
सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित धेरै भिडियोहरु भाइरल भइरहेका छन्, जसमा मानिसहरु दौडिरहेको देखिन्छ । भूकम्पको केन्द्रविन्दु एटलस पर्वत नजिकैको इघिल नामक गाउँ रहेको बताइएको छ ।
Leave a Reply