Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख ठगी, सामाखुशीबाट रत्न केशरी पक्राउ

    अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख ठगी, सामाखुशीबाट रत्न केशरी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमि नगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने रत्न केशरी श्रेष्ठ रहेकी छन् ।



    पक्राउ परेकी श्रेष्ठले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    पक्राउ परेकी श्रेष्ठले अष्ट्रेलिया जानलाई बीस लाख लाग्ने र पुगेपछि प्रतिष्ठित कम्पनीमा काम काम लगाई दिने भन्दै आशामाया लामासंग ९ लाख रुपैयाँ लिएर भागेकी थिईन् ।

    श्रेष्ठले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आज सामाखुशीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार