Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विद्वान गुरुङले भने – कि गृहमन्त्रीलाई बर्खास्त गर्नुस कि आफैं हट्नुस्

    प्रधानमन्त्री प्रचण्डलाई विद्वान गुरुङले भने – कि गृहमन्त्रीलाई बर्खास्त गर्नुस कि आफैं हट्नुस्

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरूण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्रालयकै योजनामा सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको दाबी गरेका छन् ।

    कांग्रेसका सहमहामन्त्री यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनपछि सम्वोधन गर्दै अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । अध्यक्ष गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरे ।



    गृहमन्त्रीलाई नहटाउने भए आफैं हट्न अध्यक्ष गुरुङको चेतावनी छ ।कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।



    तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

    तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार