Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै शान्ति बाटिकामा तरुण दलको प्रदर्शन

    गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै शान्ति बाटिकामा तरुण दलको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस निकट युवा संगठन तरूण दलले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।

    यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो ।



    तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।



    तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार