Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने -निजामती विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन हुँदैन

    प्रधानमन्त्री प्रचण्डले भने -निजामती विधेयकमा ट्रेड युनियन व्यवस्थाबारे केही परिवर्तन हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 609
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत् राखिएको जानकारी दिएका छन् ।

    निजामती सेवा दिवस २०८० को अवसरमा आज बिहान सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले ट्रेड युनियन अधिकारको अहिले भइरहेको व्यवस्थालाई कुनै परिवर्तन नगरेको प्रस्ट पारे।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरिएको छैन।’

    उनले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार