Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विश्वकप एसियाली छनोटबाट बाहिरियो नेपाल, सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

    विश्वकप एसियाली छनोटबाट बाहिरियो नेपाल, सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली टोली आईसीसी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सेमिफाइनलमै पराजित भएको छ ।

    मलेसियामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाललाई थाइल्यान्डले ४६ रनले हराएको हो ।



    टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

    हारले नेपालको वेमेन्स ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको छ । मलेसियामा भएको खेलमा नेपालका सुरुआत कमजोर रह्यो र टिमले आठ रन बनाउँदासम्म चार विकेट गुमाइसकेको थियो ।

    नेपालका लागि कविता जोशीले १०, अप्सरी बेगमले १० तथा कविता कुँवरले १७ रन बनाए । कविताको प्रदर्शन मात्र केही उल्लेखनीय रह्यो । उनले २० बलको सामना गरेर दुई चौका पनि प्रहार गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार